नेकपा मंगलाको सचिबालय गठन
- १५ जेष्ठ २०७६, बुधबार
- 2064 पटक पढिएको
म्याग्दी १५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मंगला गाउँपालिका कमिटिको सचिबालय गठन भएको छ । बुधवार बसेको पहिलो पूर्ण बैठकले ३ जना पछि थप गर्ने गरि १७ सदस्यीय सचिबालय गठन गरेको हो ।
नेकपा मंगलाको सचिबालयमा प्रेम प्रसाद रेग्मी, याम बहादुर रोका, सतप्रसाद रोका,चिरञ्जीवि शर्मा, धनबहादुर खाती, एकजित रोका, शिब विक, मोहनलाल सापकोटा, कलाधर कँडेल, चक्रलाल पाण्डे, राजकुमार पाण्डे, दलबहादुर रोका, कुल बहादुर पुन र हरि विक रहेका छन् । नेकपा मंगलाका अध्यक्ष प्रेमप्रसाद रेग्मीको अध्यक्षता र सचिब याम बहादुर रोकाको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।