सहकारी ब्यवस्थापन तालिम बेनीमा सुरु
- १५ जेष्ठ २०७६, बुधबार
- धिरन खत्री
- 1539 पटक पढिएको
म्याग्दी, १५ जेठ । जिल्लाका सहकारीलाई ब्यवस्थित र भरपर्दो बनाउन बेनीमा छ दिने सहकारी ब्यवस्थापन तालिम सुरु भएको छ । भूमि ब्यवस्थापन कृषि तथा सहकारी ब्यवस्थापन गण्डकी प्रदेशको आयोजना र जिल्ला सहकारी संघ म्याग्दीको समन्वयमा तालिम सुरु गरिएको हो ।
सो तालिमलाई उद्घाटन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्की प्रेमले सेवाग्राहीलाई सहकारीप्रति विश्वास जगाउनका लागि संचालनमा रहेका सहकारीहरुलाई ब्यवस्थित, भरपर्दो र सेवाप्रवाहलाई गुणस्तर बनाउन तालिम आयोजना गरिएको बताए । २० गतेसम्म संचालन हुने तालिममा विभिन्न सहकारीबाट संचालक समितिका एकजना सदस्य र कर्मचारीबाट १ जना गरि ३५ जना सहभागिता भएका छन् ।
६ दिनसम्म संचालन हुने तालिमलाई भूमि ब्यवस्थापन कृषि तथा सहकारी ब्यवस्थापन कार्यालय पोखराका शाखा अधिकृत नारायणप्रसाद ढकाल, शाखा अधिकृत भुपेन्द्र विनायक थापा लगायतले सहजीकरण गर्ने छन् । शाखा अधिकृत ढकालको अध्यक्षता र बेनी नगरपालिकाका सहकारी शाखाका कर्मचारी कुमार रिजालको संचालनमा भएको कार्यक्तममा जिल्ला सहकारी संघकी सचिव ज्योती लामिछानेले शुभकामना मन्तव्य राखेकी थिईन ।

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l