१५ बर्षिया किसाेरीमाथि सामुहिक बलात्कार, संलग्न तीन जनानै पक्राउ
- ९ जेष्ठ २०७६, बिहीबार
- 4414 पटक पढिएको
म्याग्दी ९ जेठ । म्याग्दीमा एक १५ बर्षिया किसाेरीमाथि सामुहिक बलात्कार भएको छ । बेनी नगरपालिका– ४ डाँडाखेतकी किसाेरीमाथि तीन जनाले सामुहिक बलात्कार गरेका हुन् । जेठ ७ गते राती करिब १२ बजे घरबाट शौचालय जान घरबाहिर निस्किएकी किसाेरीमाथि सामुहिक बलात्कार गर्ने तीन जनालाई नै पक्राउ गरि सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले विहिवार बेनीमा पत्रकार सम्मेलन गरि कक्षा ८ मा अध्ययनरत किसाेरीमाथि बलात्कारमा संलग्न बेनी नगरपालिका– ५ का २६ बर्षिय कृष्ण विक, २१ बर्षका विकास किसान र १९ बर्षको प्रेम किसानलाई प्रक्राउ गरिएको जानकारी दिएको छ ।
बलात्कारमा संलग्न १ जनालाई पीडित किसाेरीले पहिचान गरेपछि तीनै जानलाई प्रहरीले पक्राउ गरेको थियो ।
घटनामा संलग्न दुई जनालाई घरबाटै नियन्त्रणमा लिईएको भएपनि घटना पश्चात फरार भएका कृष्ण विकलाई भने म्याग्दीको रुम हुँदै बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको समयमा नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिए ।
‘‘ बालिकामाथि सामुहिक बलात्कार गर्ने तीन जना विरुद्ध जवरजस्ती करणी मुद्धा दर्ता भएको छ, अहिले जिल्ला अदातलतबाट तीन दिनको म्याद थप गरि उनीहरुलाई हिरासतमा राखेका छाँै, बयानको क्रममा उनीहरुले आफ्नो कसुर स्विकार गरेका छन्, थप अनुसंधान भैरहेको छ’’– प्रनाउ मसरासिनीले भने ।
स्थानीय डडुवा गाउँमा लागेको मेला मानेर फर्कने क्रममा मदिरा सेवन गरेका ति युवाहरुले किसाेरीलाई घर नजीकै रहेको बारीमा लगेर डर धम्की देखाएर हारगुहार समेत गर्न नपाउने गरि मुख थुनेर पालैपाले जर्वजस्ती करणी गरेको देखिएको प्रहरीले जनाएको छ । पीडित र पिडक सबैको स्वास्थ्य परिक्षण गरिएको छ । किसाेरीमाथि जवर्जस्ती करणीमा संलग्नलाई कडा कारबाही गर्न पीडितका आफन्तले माग गरेका छन् ।