मालिकामा उद्योग वाणिज्य संघको पर्यटन प्रर्वद्धन कार्यक्रम
- ५ जेष्ठ २०७६, आईतवार
- 2075 पटक पढिएको
मालिका ५ जेठ । म्याग्दी भ्रमण वर्ष अन्तरगत जिल्लाका सबै स्थानीय तहका एक एक वटा नयाँ पर्यटकीय गन्तब्य स्थलमा पुगेर प्रर्वद्धनमा सघाउने म्याग्दी उद्योग वाणिज्य संघको अभियान अन्तरगत शनिबार मालिका धुरीमा पर्यटन प्रर्वद्धन कार्यक्रम भएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको नेतृत्वमा मालिका र रघुगंगा गाउँपालिकाको सिमा क्षेत्रमा रहेको मालिका धुरी पुगेका संघका पदाधीकारी तथा सदस्यहरुले मालिका धुरीको महत्व, अवस्था, सम्भावना, समस्या र योजनाको विषयमा जानकारी लिएका थिए ।
सो अवसरमा म्याग्दी उद्योग वाणिज्य संघका दृतीय उपाध्यक्ष राजेश शाक्यले व्यक्तिगत रुपमा मालिका क्षेत्र विकास कोषका अध्यक्ष छकप्रसाद पाइजालाई मालिका मन्दिरको लागी २५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो ।
उद्योग वाणिज्य संघले यसअघि रघुगंगाको रुइसे र बेग–बादुक जोड्ने लामो पुल, धवलागिरी गाउँपालिकाको ताकमकोत र अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, पुनहिल, फुलबारी, करबाकेलीमा पर्यटन प्रर्वद्धन कार्यक्रम गरेको थियो ।