बेगमा नेकपा वडा कमिटिको पूर्ण बैठक
- ४ जेष्ठ २०७६, शनिबार
- 1559 पटक पढिएको
म्याग्दी ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रघुगंगा गाउँपालिकाको वडा न. १ बेगको वडा कमिटिका पदाधीकारी तथा सदस्यहरुले शनिबार सपथ लिएका छन् । बेगमा आयोजित वडा संगठन कमिटिको पूर्ण बैठकको अवसरमा गाउँपालिकाका कमिटिका अध्यक्ष दिपक कार्कीले सपथ गराएका हुन् ।
वडा कमिटिका अध्यक्ष नरसिङ पुनको अध्यक्षता, सचिव बालकुमार शेरपुञ्जाको सञ्चालन र सदस्य सुकबहादुर पुनको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा गाउँपालिका कमिटिका अध्यक्ष कार्की र सचिव हरि भण्डारीले प्रशिक्षण दिएका थिए ।