लैङ्गिक हिँसा निवारणका लागि न्यायिक समितिलाई क्षमता विकास तालिम

  • ३१ बैशाख २०७६, मंगलवार
  • 1227 पटक पढिएको


म्याग्दी,३१ बैशाख । आर्थिक, सामाजिक र सास्कृतिक क्षेत्रमा लैङ्गिक हिँसा निवारणका लागि न्यायिक समितिलाई क्षमता विकास तालिम दिएको छ । बेनी नगरपालिका र महिला तथा बालबालिका शाखा कार्यालयको समन्वयमा न्यायिक समितिलाई दुइदिने क्षमता विकास तालिम दिएको हो ।


पुरुष र महिलाहरुविच बैवाहिक सम्वन्धले मात्र नभएर आर्थिक सामाजिक र सास्कृतिक रुपमा देखिएको भेदभावलाई हटाउन महिलाहरुलाई शिक्षा, रोजगारी, सामाजिक तथा आर्थिक र पारिवारिक जिम्मेवारीमा महिलाहरु आत्मनिर्भर बन्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।
न्यायिक समितिलाई कानुनी अन्योलता भएको भन्दै बोल्न र नेतृत्व विकासको तालिम, आर्थिक राजनीतिक, उद्योग, आर्थिक निर्भरता लगायतको क्षेत्रमा अग्रर रहन महिला सदस्य जनप्रतिनिधिलाई आग्रह गरेका थिए ।


बेनी नगरपालिका न्यायिक समितिकी सदस्य गौरी थापामगरले झैझगडा,लेनदेन, जग्गा किचलो सम्वन्ध विच्छेदका घटना बढी आउने भएपनि उपयुक्त मेलमिलापको वातावरणका लागि इजलाश कक्ष आवश्यक, सुरक्षाको अभाव भएको बताईन ।
सामाजिक रुपमा महिलाहरु आत्मनिर्भर बन्न नसक्दा विभिन्न क्षेत्रमा नेतृत्व लिन पछि हट्नुपरेको उपस्थित महिला वडा सदस्यहरुले गुनासो सुनाएका थिए ।
बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवालले लैङ्गिक विभेद कम गर्न महिलाहरुले आत्मनिर्भर बन्ने वातावरण सिर्जना गर्नुपर्ने बताईन ।
बुधबारसम्म हुने क्षमता विकास तालिममा २१ जना महिला जनप्रतिनिधिको सहभागिता रहेको थियो ।