होमस्टे तालिम

  • ३० बैशाख २०७६, सोमबार
  • 1796 पटक पढिएको

म्याग्दी, ३० बैशाख । जिल्लाको मंगला गाउँपालिका– १ पुर्णगाउँमा होमस्टे तालिम संचालन भएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सुविधा पु¥याउने उद्देश्यले पुर्णगाउँमा शनिबारदेखि १० दिने तालिम संचालन गरिएको हो ।


जेठ पाँच गते सम्म संचालन हुने तालिममा वडाका २० जना प्रशिक्षार्थी सहभागि भएका छन् । तालिमको सहजीकरण भुपेन्द्र कार्की र सौरब सापकोटाले प्रशिक्षण दिनेछन् । म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बेल बहादुर कटुवालले होमस्टेले स्थानियलाई रोजगारी सिर्जना हुनुका साथै आर्थिक रुपमा आत्मनिर्भर बनाउन सहयोग पु¥याउने उद्देश्यले होमस्टे तालिम संचालन गरिएको बताए ।


मंगला गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले स्थानिय पर्यटकिय स्थल तोड्केमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई लक्षित गरेर होमस्टे तालिमबाट स्थानिय बासिहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताईन ।
उनले गण्डकी प्रदेश सरकारले पुर्ण गाउँ र झाँक्रेपानीमा होमस्टे संचालनका लागि २० लाख रुपैयाँ बजेट अनुदान उपलब्ध गराएको जानकारी दिईन ।