देउराली आधारभूत विद्यालयको वार्षिकोत्सव

  • २७ बैशाख २०७६, शुक्रबार
  • 1598 पटक पढिएको

बेनी २७ बैशाख । जलजला गाउँपालिका १ बाँसखर्कको मालगाउँमा रहेको देउराली आधारभूत विद्यालयले बिहीबार बिबिधि कार्यक्रम सहित २७ औ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) र उपाध्यक्ष सिमा गर्बुजाले सामुदायिक विद्यालयप्रति विश्वास र आकर्षण बढाउन शैक्षिक गुणस्तर सुधारमा जोड दिनुभयो ।


वडा अध्यक्ष तुलसीराम रेग्मी, गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक गोविन्द खत्री, वडा न. ४ का वडा अध्यक्ष भिष्म मल्ल, एजुरु संस्था काठमाडौका अध्इक्ष थममाया पुन, नेपाली काँग्रेस जलजलाका संयोजक चन्द्रबहादुर जिसी, अभिभावक समबहादुर तिलिजा र शिक्षक मेख खत्रीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

विद्यार्थीहरुलाई एजुरु संस्थाका प्रतिनिधिले विद्यार्थीहरुलाई पोशाक, झोला र शैक्षिक सामग्री वितरण गर्नुभएको थियो । बल्दिप अर्मजाले विद्यार्थीलाई टाई र बेल्ट खरिद गर्न सात सहजार रुपैयाँ सहयोग गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुलाई सम्मान समेत गरिएको समितिका अध्यक्ष तथा बाँसखर्कका वडा अध्यक्ष युवराज अर्मजाले जानकारी दिनुभयो ।