नेपाली काँग्रेस म्याग्दीको जागरण अभियान सुरु
- २६ बैशाख २०७६, बिहीबार
- 2117 पटक पढिएको
म्याग्दी, २६ बैशाख। नेपाली कांग्रेस म्याग्दीले बुधबार देखी राष्ट्रिय जागरण अभियानको सुरुवात गरेको छ। राष्ट्रिय जागरण अभियानको उद्घाटन गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य शुक्रराज शर्माले जागरण अभियान मार्फत अब नेपाली काँग्रेस हरेक बस्तीबस्तीमा पुग्ने बताएका छन् ।

नेपाली जनताको चाहना विपरित अहिलेको दुइतिहाइको सरकारले काम नगरेको र जनातको मन जित्न सक्ने कुनै काम अहिले सम्म गर्न नसकेको आरोप समेत लगाए । सरकार जनताको काम भन्दा बढी भाषण र हसाउनेमा उत्कृष्ट भएको छ ।

कार्यक्रमा नेपाली काँग्रेस म्याग्दीका सभापती खम बहादुर गर्बुजा खम्बीरले अब नेपाली काँग्रेस म्याग्दीको हरेक दुर्गम बस्तीका जनताको घरघरमा पुग्ने बताए । जागरण अभियानलाई सफल बनाउन १७ जना संयोजक तोकिएको छ, जिल्लाका ४१ वटै वडामा पुग्ने गर्बुजाको भनाई छ।