माइक्रो बस दुर्घटनाः १५ जना घाईते
- २५ बैशाख २०७६, बुधबार
- 3672 पटक पढिएको

म्याग्दी, २५ बैशाख । बेनी नगरपालिका–९ भुर्तुलादैलोमा माईक्रो बस दुर्घटना हुदा १५ जना घाईते भएका छन् । बेनी देखि तोरापानी हुदै पात्लेखेत जादै गरेको ना ५ ख ५७२४ को बस दुर्घटना भएको हो ।
बस दुर्घटनामा घाईते भएका सबैलाई बेनी अस्पतालमा उपचारका लागि ल्याईएको छ । बस दुर्घटनामा परेका मध्य बेनी नगरपालिका ९ तोरीपानीका रुद्रबहादुर चोखाल थप उपचारका लागि पोखरा मणिपला अस्पतालमा रिफर गरिएको छ ।

भने तोरीपानीका सुर्यप्रकाश बाँनिया, ४५ बर्षिय मिठु परियार, तोरीपानीकी १९ बर्षिय दुर्गा केसी, टोड्केका १४ बर्षिय रतन थजाली, तोरीपानीका मनिषा पौडेल, नारायण काकी, खिनामति आचार्य, याम चोखाल, बेनपा १० पात्लेखेतकी पवित्रा सार्की, बेनपा ९ को ४८ बर्षिय बसन्त शर्मा, ४३ बर्षिय पुस्कल शर्मा, बेनपा १० को दिपक छिनाल, बेनपा १० को ५३ बर्षिय चन्द्रबहादुर सार्की र बेनपा ९ को १५ बर्षिय सागर परियार घाईते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।
