नेकपा म्याग्दीले जिल्ला कमिटि सदस्यहरुलाई सपथ ग्रहण
- २५ बैशाख २०७६, बुधबार
- 2355 पटक पढिएको
म्याग्दी, २५ बैशाख । नेपाल कम्युनिष्ट पाटी जिल्ला कमिटि म्याग्दीमा रहेका सदस्यहरुले सपथ ग्रहण लिएका छन् । जिल्ला कमिटिको पुर्ण बैठकमा नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले कमिटिमा रहेका सदस्यहरुलाई सपथ ग्रहण गराइएका हुन् ।

जिल्ला कमिटिमा ९५ जना सदस्यहरु रहेका छन् । गण्डकी प्रेदशममै नेकपाको जिल्ला कमिटिलाई म्याग्दीले पुर्णता दिएको छ ।

जिल्ला अध्यक्ष गोविन्द्र पौडेलको अध्यक्षता र सचिव हरिकृष्ण श्रेष्ठको संचालनमा भएको पुुर्ण बैठक तथा सपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेशका अध्यक्ष पाण्डेले निर्वाचित सदस्यहरुलाइ बद्याई दिदै पदअनुसार जिम्मेवारीलाई जनताको सेवामा प्रयोग गर्न आग्रह गरेका थिए । समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई ब्यवहारिक रुपमा पुर्णता दिनका लागि जनताको विचमा बोलेर भन्दापनि ब्यवहारिक रुपमा काम गरेर देखाउने जिम्मेवारी रहेको बताउदै सामुहिक रुपमा मिलेर अघि बढ्न निर्वाचित जिल्ला कमिटि, गाउँपालिका र नगरपालिकाका कमिटिलाई निर्देशन गरेका थिए ।

उनले मौन रुपमा कमिटि अघि बढेमा आगामी निर्वाचनमा चुनौती खडा हुन सक्ने खण्डन गरेका थिए । नेकपाको केन्द्र र प्रदेशको विधि र विधान अनुसार आगामी बैठक तथा संगठन विस्तार बस्तीस्तरमा पुग्नुपर्ने बताए । पुर्ण बैठकमा प्रदेशका सदस्य, जिल्ला सदस्य तथा नगर तथा गाउँपालिका अध्यक्ष र सचिवको उपस्थित रहेको थियो ।
