कालीगण्डकी रिसोर्टमा म्याग्दीमै पहिलो स्विमिङपुल सञ्चालनमा (फोटो फिचर)

  • २४ बैशाख २०७६, मंगलवार
  • कमल खत्री
  • 3314 पटक पढिएको

कमल खत्री
म्याग्दी, २४ वैशाख । बेनी–जोमसोम सडक खण्ड अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउनेतालमा सञ्चालित कालीगण्डकी रिसोर्टले जिल्लामै पहिलो पटक स्विमिङपुल सञ्चालनमा ल्याएको छ । गत बर्षदेखि रिसोर्ट सञ्चालन गर्नुभएका हरिबहादुर चन्दले रिसार्टको क्षमता विस्तार संगै स्विमिङ पुल सञ्चालनमा ल्याउनुभएको हो ।

गर्मियाममा स्विमिङको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटाउन रिसोर्टसंगै एचबिसी स्विमीङ पनि सुरु गरिएको रिसोर्ट सञ्चालक चन्दले बताउनुभयो । म्याग्दी र छिमेकी जिल्लाका पौडी खेलप्रेमीहरुलाई लक्षित गरेर स्विमीङ सुरु गरेको सञ्चालक चन्दले बताउनुभयो ।
स्विमीङ पुलको सुबिधा भएपछि पौडी खेल्नलाई बाहिरी जिल्लामा पुग्न र जोखिम मोलेर नदीमा जानु नपर्ने सञ्चालक चन्दले बताउनुभयो । २८ मिटर लम्बाई र १० मिटर चौडाइको पौडी पोखरीलार्य युवा तथा प्रौद्ध र सिकारु बलबालिकाहरुले पौडी खेल्न मिल्ने गरि एउटै पोखरीलाई दुई भागमा विभाजन गरिएको छ ।

पोखरीमा एक पटकमा १५० जनाले पौडी खेल्न सक्ने रिसोर्टले जनाएको छ । सदरमुकाम बेनी बजारदेखि करिब पाँच किलोमिटर उत्तरतर्फ, अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको प्रवेशबिन्दुमा अवस्थित रहेको यस रिसोर्टले अहिलेसम्म करिब रु २ करोड ४५ लाख बढी लगानी गरिसकेको जनाएको छ । पाँच वर्ष दक्षिण कोरीयामा रोजगारीका क्रममा बिताउनुभएका रिसोर्ट, स्विमीङ पुल, रेष्टुरेन्ट, लज सञ्चालन संगै माछा र हाँस पालन गर्नुभएको छ । माछा र हाँस पालनका लागि बनाइएको पोखरीमा दुई वटा डुङ्गा राखेर सयर गर्ने व्यवस्था समेत मिलाइएको छ । रिसोर्टमा १२ जना अन्य र परिवारका ६ जनाले रोजगारी पाएका छन् ।

कोठा र टेन्टमा एक दिनमा ७० जनाले बास बस्ने गरि रिसोर्टको क्षमता विस्तार गरिएको सञ्चालक चन्दले बताउनुभयो । म्याग्दीका पर्यटकीय स्थलको भ्रमण र मुस्ताङ जाने आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर रिसोर्ट सञ्चालन गरिएको हो । ‘अर्गानिक र हाईजनिक’ परिकारको केन्द्र बनाउने मुख्य लक्ष्य सहित रिसोर्ट सञ्चालन गर्नुभएका चन्दले ग्राहकलाई हाँस, माछा, कुखुरा, खसी, बँदेल लगायत स्थानीय उत्पादनहरुको स्वाद प्रमुख परिकारको रुपमा रहेको बताउनुभयो । बैदेशिक रोजगारिबाट आर्जन भएको पुजी र शिपलाई स्वदेशमै लगानी गरि व्यवसायिक बन्नु सकरात्मक पक्ष रहेको स्विमिङ पुलको उद्घाटनमा पुग्नुभएका युवा हिमाल सुवेदीले बताउनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l