विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
- २४ बैशाख २०७६, मंगलवार
- 1197 पटक पढिएको
बेनी २४ बैशाख । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको घरीथोकमा रहेको प्रतिनरमा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई एक वर्षका लागि पुग्ने शैक्षिक सामग्रीको व्यवस्था गरिएको छ ।स्थानीय सुर्यमुखी युवा क्लवको पहलमा दमप्रसाद घर्ती (कोरेठेगा)ले कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयका करिब ६० जना विद्यार्थीहरुलाई एक वर्षका लागि आवश्यक कापी र कलम सहयोग गर्नुभएको हो । सोमबार कापी र कलम वितरण गरिएको थियो ।
घर्तीले आफ्ना बुवा र आमाको नाममा देविस्थानका सबै विद्यालयका बिद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गर्ने तयारी गर्नुभएको क्लवका अध्यक्ष भक घर्तीले बताउनुभयो । कोषका लागि घर्तीले दुई लाख रुपैयाँ र उहाँकी छोरी चन्द्राले एक लाख रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ ।