रघुगंगामा पटके सवारीसाधन कर हट्यो

  • २४ बैशाख २०७६, मंगलवार
  • धिरन खत्री
  • 2323 पटक पढिएको

 

म्याग्दी,२४ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकामा पटके सवारीसधान कर हटाईएको छ । रघुगंगा गाउँ कार्यपालिको बैठकले आगामी जेठ १ गते देखि लागु हुने गरि पटके सवारी साधन कर हटाएको हो ।


रघुगंगाभित्र नियमित चल्ने सवारी साधनबाट उठाउदै आएको कर आगामी जेठ १ देखि लागु हुने गरि हटाईएको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

स्थानीय सरकार संचालन एन २०७४ अनुसार पटके सवारी साधन करमा मौन बसेको र संघिय मामिला तथा सामान्य मन्त्रालयबाट समेत हटाउने सम्वन्धमा परिपत्र गरेकोले कर हटाईएको छ ।
साथै गाउँपालिकाभित्र आगामी महिनाको १ गतेदेखि लागुहुने गरि ट्याक्सी, जिप बस ट्याक्टर लगायतको साधनमा भाडादर पनि घटाईएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l