शिखमा व्यवसायिक सतुवा खेतीको तालिम

  • २१ बैशाख २०७६, शनिबार
  • 3291 पटक पढिएको

म्याग्दी, २१ बैशाख । जिल्लाको अन्नपूर्ण गाउँपालिका– ५ शिखमा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको आयोजनामा तीन दिने व्यवसायिक सतुवा खेतीको तालिम सुरु भएको छ ।


“सीप सिकौं, स्वरोजगार बनौं“ भन्ने प्रमुख नाराको साथमा शुरु भएको तालिममा सतुवाको फाईदा, संरक्षण, बजार भाउ, बिउ कसरी उत्पादन गर्ने, यसको मलजल र स्याहार सुसार कसरी गर्ने भन्ने विषयमा तिनदिनसम्म संचालन हुने तालिममा दिईने जिल्ला वन कार्यालयका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले जानकारी दिए ।
सो तालिममा पुरूष र महिला गरी जम्मा ३९ जना सहभागीता रहेका छन् । तस्विरः सेते तिलिजा