विश्व प्रेस स्वतन्त्रता दिवसमा मुस्ताङ आउने पर्यटकलाई स्वागत
- २० बैशाख २०७६, शुक्रबार
- 2269 पटक पढिएको
आज मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । यस अवसरमा नेपाल पत्रकार महासघको आह्वानमा देशका ७७ वटै जिल्लाहरुमा बिबिध कार्यक्रम गरि प्रेस स्वतन्त्रता दिवस भब्यताका साथ मनाईदै छ । मुस्ताङका पत्रकारहरुले पनि प्रेस स्वतन्त्रता दिवस पारेर हवाई सेवा मार्फत जोमसोम आएका पर्यटकहरुलाई स्वागत कार्यक्रमको आयोजना गरेको छ ।
“लोकतन्त्र र शान्तिका लागि मिडिया ःईन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन“ नारासहित नेपाल पत्रकार महासघ मुस्ताङ शाखाले मुस्ताङ घुम्न पर्यटकलाई स्वागत गरेको हो ।शाखाले स्वागत गर्दै मुस्ताङका पर्यटकीय गन्तब्यका बारेमा समेत जानकारी गराएको छ । प्रेस दिवसका अवसरमा तारा एयरलाईन्स र समिट एयरलाईन्सको पहिलो उडानमा पोखरा देखि मुस्ताङको जोमसोम आएका तेश्रो मुलुकका पर्यटक,भारतिय पर्यटक र आन्तरिक पर्यटकलाई पत्रकार महासघ मुस्ताङ शाखाका एक दर्जन पत्रकारले खादा र फुलले भब्य स्वागत गरे ।
बिहान ७ बजे अवतरण भएको २ वटा बिमानका करिव ३ दर्जन पाहुना पर्यटकलाई स्वागत गरिएको हो । कार्यक्रमलाई भब्य र सम्भ रुपमा सफल पार्न जोमसोम बिमानस्थलका कर्मचारि र सुरक्षाकर्मिले सहयोग गरेका थिए । सो अवसरमा महासघ मुस्ताङ शाखाका अध्यक्ष्र सुन्दरकुमार थकालीले जोमसोम ओर्लिएका पर्यटकलाई विश्व प्रेस स्वतन्त्रता दिवसको बारेमा संक्षिप्त जानकारी गराएका थिए ।उनले सरकारले प्रेसको दायर साघुरो पार्न खोजेको आरोप लगाउदै बिद्युतिय कारोबार ऐन खारेज गर्नुपर्ने उल्लेख गरे ।
“ पत्रकार जवाफदेहि गराउने तेश्रो आँखा हो,नागरिक्लाई सुसुक्षित गर्ने धर्म हो,उनले भने,“ आज प्रेस दिवसका अवसरमा गरिएको पर्यटक स्वागत कार्यक्रमले राम्रो सन्देस प्रवाह गर्नेछ ,हामिले हाम्रो आतिथ्यता पस्कन सकेमात्र हाम्रो पर्यटनको उचाई वृद्धि हुन्छ ।“ यस्तै,मुस्ताङ आएका अमेरिकी नागरिक सनले मुस्ताङ जिल्ला साच्चैनै सुन्दर र मनोरम भएको बताए ।उनले मुस्ताङ पहिलो पटक आउदा पत्रकारको स्वागत र आतिथ्यताले आफुलाई गौरवको अनुभूति महशुस भएको जनाए
।उनले पत्रकारको प्रतिको जनआस्था वृद्धि गर्न यस्ता सुजनात्मक कार्य महत्वपुर्ण हुने उल्लेख गरे ।भारत तामेलनाडुका पर्यटक रजनी मेहताले धार्मिक जिल्लामा पाईला टेक्दा पत्रकारको स्वागतले यहाको सकारात्मक परिचय खुलेको अनुभव सुनाईन ।।उनले पत्रकारलाई धन्यवाद दिदै समाज रुपान्तरणमा लाग्न सुझाईन ।।। पत्रकार महासघ मुस्ताङका अध्यक्ष्री सुन्दरकुमार थकालीको अध्यक्ष्यतामा भएको स्वागत कार्यक्रममा मुस्ताङका एक दर्जन पत्रकारहरुको उपस्थिती रहेको थियो ।