झाँक्रीपानीमा जनप्रतिनिधि र कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तालिम सम्पन्न
- १५ बैशाख २०७६, आईतवार
- 3330 पटक पढिएको
सिजन रोका
झाँक्रीपानी १५ बैशाख । मंगला गाउँपालिका ३ मा रहेको पर्यटकीय स्थल झाँक्रीपानिमा आइतबार गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता तथा नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ ।दुई दिनसम्म सञ्चालन भएको तालिममा मंगला गाउँपालिकाका ५२ जना जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता तथा नेतृत्व विकास संगै ओझेलमा परेको पर्यटकीय स्थलको सम्भावना उजागर र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले गाउँपालिकाको केन्द्र बाहिर ग्रामिण क्षेत्रमा तालिम सञ्चालन गरिएको अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।
तालिमको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, कोष तथा लेखा नियन्त्रक चन्द्रशेखर सापकोटा, लेखापाल लेखनाथ अधिकारी, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, सचिव गोरखनाथ सुवेदी, म्याग्दी बहुमुखी क्याम्पसका प्रध्यापक गोरखबहादुर जिसी र गरिमा विकास बैंक बाबियाचौर शाखाका प्रमुख सुर्य रानाभाटले सहजिकरण गर्नुभएको थियो ।