रिलायन्स लाईफ इन्सुरेन्सद्धारा स्वर्गिय हरि चोखालको परिवारलाई विमा रकम हस्तान्तरण
- १४ बैशाख २०७६, शनिबार
- धिरन खत्री
- 3175 पटक पढिएको
म्याग्दी, १४ बैशाख । रिलायन्स लाईफ इन्सुरेन्सद्धारा म्याग्दीको बेनी नगरपालिका–९ कुवागैरा स्थित स्वर्गिय हरी चोखालको परिवारलाई विमा रकम हस्तान्तरण गरिएको छ । बेनी शाखाले शनिबार स्वर्गिय हरि चोखालका घरमा पुगेर विमा बापत पाउने दुई लाख रुपैया रकम परिवारलाई हस्तान्तरण गरिएको हो ।
स्वर्गिय चोखालले रिलायन्स लाईफ इन्सुरेन्समा पहिलो किस्ता १३ हजार २८९ रुपैया रकम जम्मा गरेका थिए । उपचार गर्न पोखरा जानेक्रममा विच बाटोमा असमायिक रुपमा गत बर्षको पौष ३० गते उनको निधन भएको थियो । निधन भएपछि रिलायन्स लाईफ इन्सुरेन्स बेनी शाखाले उनले पाउने रकम परिवारको सदस्यलाई हस्तान्तरण गरेको हो ।
उनको आमा मनकुमारी चोखाल, श्रीमती अन्जना थापा चोखाल र दुइ छोरालाई सो रकम पोखरा शाखा प्रमुख चिरञ्जीवी पौडेल, कुश्मा शाखाका प्रमुख प्रसन्न शर्मा, बागलुङ शाखा प्रमुख गोविन्द्र पराजुली र बेनी शाखाका प्रमुख मुक्ति पौडेलको उपस्थितमा हस्तान्तरण गरिएको थियो ।
चोखालले राष्ट्रिय मावि नेप्टेचौरमा सहयोगीको रुपमा काम गर्दै आएका थिए । उनको जागिरले परिवारको घरखर्च चलेको थियो । उनको निधनले परिवारमा आर्थिक समस्या सिर्जना भएको बताउदै विमाबाट प्राप्त रकमले छोराहरुलाई पढाई खर्चमा सहयोग पुग्ने वडा सदस्य मैना बानियाँ कार्कीले बताईन ।
बेनी शाखाका प्रमुख पौडेलले पहिलो किस्ता जम्मा गरेका चोखाललाई मृत्यु दावी रकम परिवालरलाई हस्तान्तरण गरिएको जानकारी दिए । उनले विमाले बचतसंगै सुरक्षा दिने बताउदै सबैलाई विमा गर्न आग्रह समेत गरेका थिए ।
सो रकम हस्तान्तरण कार्यक्तममा वडा सदस्य कार्की र राष्ट्रिय माविकी प्रअ ताराकुमारी चोखाल लगायतकोे उपस्थित रहेको थियो । उनको परिवारमा बृद्ध आमा, श्रीमती र साना दुइ छोरा रहेका छन् ।

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l
पौष ३० गते वीमा माघ १६ मा निधन हो है