असीनाले खेतीबालीमा क्षति
- २४ चैत्र २०७५, आईतवार
- 1665 पटक पढिएको
बेनी २४ चैत । म्याग्दीको मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडामा पर्ने बरंजामा शुक्रबार राती परेको असीनापानीले खेतीबालीमा क्षति पु¥याएको छ । गहुँ, जौ, केराउ लगायत हिउँदेबाली, तरकारी र सुन्तला लगायत फलफुल बालिमा असिनाले क्षति पु¥याएको कृषकहरुले बताएका छन् ।
बाक्लो असिनाले चुटेर बोटमा लागेका दाना, फल र बटिला झारेको बरंजाको महेशगाउँका कृषक दलबहादुर पुनले बताउनुभयो ।
खेतीबालीमा असिनाले क्षति पु¥याएपछि कृषकहरु निराश भएका छन् । भित्र्याउने बेला भएको गहुबालीमा असिनाले धेरै क्षति पु¥याएको छ ।