अशक्तलाई ह्विल चियर खरिदका लागि सहयोग

  • २३ चैत्र २०७५, शनिबार
  • 1749 पटक पढिएको

धारापानी २३ चैत । धवलागिरी गाउँपालिका ७ धारापानीका एक अशक्तलाई ह्विलचियर खरिदका लागि लायन्स क्लव अफ बेनी पिस सिटीले शनिबार आर्थिक सहयोग गरेको छ ।

अशक्त अवस्थामा रहनुभएका धारापानीका देविप्रसाद उपाध्यायलाई ह्विल चियर खरिदका लागि क्लवले आठ हजार रुपैयाँ उपलब्ध गराएको हो ।

क्लवका संस्थापक अध्यक्ष राजेश शाक्य, महासचिव भोजबहादुर रिजाल र सदस्य नन्दु पुनले धारापानीका अगुवा तेजिन्द्रबहादुर थापा मार्फत रकम उपलब्ध गराएका हुन् ।