स्वास्थ्य तथा पोषण गोष्ठि
- १७ चैत्र २०७५, आईतवार
- 1545 पटक पढिएको
बेनी १७ चैत । बेनीमा आइतबारदेखि जिल्ला स्तरीय स्वास्थ्य तथा पोषण सम्बन्धि दुई दिने कार्यशाला गोष्ठि सुरु भएको छ ।मिलन म्याग्दीद्धारा सञ्चालीत बहुक्षेत्रीय पोषण कार्यक्रम (सुआहारा) को आयोजनामा भएको कार्यक्रममा प्रजिअ लीलाधर अधिकारीले लक्षित समुदायसम्म कार्यक्रमको पहुँच पु¥याउन र प्रभावकारीतामा जोड दिएका थिए ।
जिसस सदस्य शेरबहादुर केसीको अध्यक्षता, मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुनको सञ्चालन र अध्यक्ष विनय श्रेष्ठको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । गोष्ठिमा म्याग्दीका स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी र सुआहाराका कर्मचारीहरुको सहभागिता रहेको छ ।सुआहारा कार्यक्रमले गरेका गबिबिधि, उपलब्धी, समस्या, स्थानीय तहसँग समन्वय गर्न सकिने कार्यक्रम तय र योजनाको विषयमा छलफल हुने मिलन म्याग्दीका गरिमा पुनले बताए ।