हिन्दुराष्ट्र घोषणाका लागि दवाव दिन राप्रपाको हस्ताक्षर संकलन
- १७ चैत्र २०७५, आईतवार
- 1971 पटक पढिएको
बेनी १७ चैत । राप्रपा म्याग्दीले नेपाललाई हिन्दु राष्ट्र घोषणको माग गर्दै बेनीमा हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।बेनी नगरपालिका कार्यालय अगाडी आयोजित कार्यक्रममा राप्रपाका केन्द्रीय उपाध्यक्ष भिमप्रसाद गौचनले हस्ताक्षर संकलन कार्यक्रमको सुरुवात गरेका थिए ।
नेपालको पहिचान हिन्दु धर्म भएकाले सरकारलाइृ हिन्दु राष्ट्र घोषणाका लागि दवाव दिन हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापा क्षेत्रीले बताए ।
बेनी बजारमा विभिन्न बस्तीमा घरदैलो गरेर हस्ताक्षर संकलन गरि प्रशासन मार्फत प्रधानमन्त्रीकहाँ पठाइने राप्रपा म्याग्दीले जनाएको छ ।