सहकारी दिवस मनाउन सुरु
- १७ चैत्र २०७५, आईतवार
- 1686 पटक पढिएको
बेनी १७ चैत । जिल्ला सहकारी संघ लि. म्याग्दीले विभिन्न कार्यक्रम गरेर ६२ औ राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको छ ।दिवसको पहिलो दिन बेनीमा सहकारी सम्बन्धी गोष्ठि तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २२ वटा सहकारी संस्थाका अध्यक्ष र प्रबन्धकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको राष्ट्रिय सहकारी संघका उपाध्यक्ष मिनराज कडेल र नेपाल बचत तथा ऋण सहकारी संघका सञ्चालक भिम गुरुङले सहजिकरण गरेका थिए । सोमबार, मंगलबार र बुधबार पनि प्रशिक्षण र सचेतनामुलक कार्यक्रम गरिने संघले जनाएको छ ।जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्कीको अध्यक्षता र सचिव ज्योती लामीछानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।