विप्लप समूहको शिक्षक संगठनका सदस्यको राजिनामा
- १६ चैत्र २०७५, शनिबार
- 3359 पटक पढिएको
बेनी १६ चैत । म्याग्दीका एक नेत्रबिक्रम चन्द् (विप्लप) समूहको शिक्षक संगठनका सदस्यले पदबाट राजिनामा दिएका छन् । सरकारले विप्लप समूहको गतिबिधिलाई प्रतिबन्ध लगाएपछि पेशागत र पारिवारिक कारण देखाउदै सन्तोष गिरिले एक प्रेश विज्ञप्ती मार्फत राजिनामा गरेको जानकारी गराउनुभएको हो ।
गिरीद्धारा प्रकाशित विज्ञप्तीमा तत्कालीन माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठनको सदस्यको रुपमा शिक्षकको पेशागत हक हितमा सक्रिय हुने उल्लेख गर्नुभएको छ ।
प्रहरीले केही दिनअघि विप्लप समूहको शिक्षक संगठनका जिल्ला अध्यक्ष थमबहादुर पुन, जनपरिषद् संयोजक जगत पुन र युवा संगठनका सदस्य रमेश पुनलाई नियन्त्रणमा लिएको थियो ।