शान्ति समितिका संयोजकहरुलाई सम्मान

  • ७ चैत्र २०७५, बिहीबार
  • 1659 पटक पढिएको

बेनी ७ चैत । भुपु प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नवौ स्मृति दिवस पारेर बिहीबार बेनीमा स्थानीय शान्ति समितिका तत्कालिन संयोजकहरुलाई सम्मान गरिएको छ । जिपी फाउण्डेशन म्याग्दीको आयोजनामा नेपाली काँग्रेस म्याग्दीको पार्टी कार्यालयमा भएको कार्यक्रममा वि.स २०६६ देखि २०७४ सम्म स्थानीय शान्ति समितिको संयोजक भएका १३ जनालाई शान्ति प्रक्रियामा योगदान गरेकोमा कदरपत्रद्धारा सम्मान गरिएको हो ।

जि.पी फाउण्डेशन म्याग्दीका संयोजक अजयमिलन श्रेष्ठको अध्यक्षता र निर्मल खत्रीको सञ्चालनमा भएको कार्यक्रममा फाउण्डेशनकी केन्द्रीय सदस्य तथा प्रदेश संयोजक सारदा पौडेलले नेपालको शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा स्वर्गीय कोइरालाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, सचिवद्धय हरिकुमार श्रेष्ठ र मिनबहादुर कार्की र स्थानीय शान्ति समितिका संस्थापक संयोजक धु्रबलाल शर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो ।