बेनीमा निःशुल्क योग शिविर हुदै

  • ७ चैत्र २०७५, बिहीबार
  • 2604 पटक पढिएको

म्याग्दी, ७ चैत । म्याग्दी सदरमुकाम बेनीमा निशुल्क योग शिविर हुने भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा यहि चैत १३ गतेदेखि १५ गतेसम्म बृहत निःशुल्क योग शिविर आयोजना गरिएको मन्त्रालयबाट शिविरको समन्वयको लागि आउनुभएका डाक्टर कमलराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार, बेनी स्थित खुलामञ्चमा हुने शिविर विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ ।

स्वस्थ जीवन अभियानमा सहभागी होऔँ, स्वास्थ्य लाभ लिऔँ भन्ने मुल नाराका साथ सञ्चालन हुने योग शिविरमा डाक्टर योगी विकासानन्दको प्रमुख प्रशिक्षण रहनेछ । सो अवसरमा मधुमेह, बाथ,मुटु, मृगौला र मोटोपना सम्बन्धी निःशुल्क रक्तपरिक्षण र स्क्रिनिङ सेवा समेत दिईने मन्त्रालयका नविनकिरण भुषालले बताउनुभयो । चैत १५ गते निुशल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर समेत सञ्चालन हुने उहाँले बताउनुभयो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको बिशेष पहलमा सो योग शिविर र आयुर्वेद स्वास्थ्य शिविर आयोजना गरिएको हो ।