रत्नेचौरमा प्रहरीको अन्तरक्रिया
- ३ चैत्र २०७५, आईतवार
- 1785 पटक पढिएको
बेनी २ चैत । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत शनिबार बेनी नगरपालिका १ रत्नेचौरमा सुरक्षा अधिकारी, जनप्रतिनिधि र समुदायबीच अन्तरक्रिया भएको छ ।
समाजमा अपराध रोकथाम, सामाजिक विकृति विरुद्ध जनचेतना फैलाउन, सामाजिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय तह, समुदाय, सामाजिक संघ संस्था र विद्यालयबीच साझेदारी गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रजिअ लीलाधर अधिकारी, प्रहरी नाउव उपरिक्षक महेन्द्रप्रसाद मरासिनी, वडा अध्यक्ष टेकबहादुर रावल लगायतको उपस्थिती थियो । रत्नेचौर प्रहरी बिटमा आयोजित कार्यक्रममा सुरक्षा अवस्था र समुदायको सुझाव तथा गुनासाको बारेमा छलफल गरिएको थियो ।