महारानीथानमा स¥यो माउण्ट एभरेष्ट आवसिय मावि : राष्ट्रिय प्रतियोगितामा छनोट भएका ६ खेलाडीलाई सम्मान
- २७ फाल्गुन २०७५, सोमबार
- धिरन खत्री
- 2253 पटक पढिएको
म्याग्दी, २७ फागुन । सदरमुकाम बेनीको शिक्षामार्ग र हिलसाईडबाट संचालन भएको माउण्ट एभरेष्ट आवसिय विद्यालय आजदेखि सदरमुकाम बेनी नजिक माहारानीथानस्थित नवनिर्भित भवनमा सरेको छ । नयाँ ब्यवस्थापनसहित स्वच्छ र खुल्ला वातावरणमा निर्माण गरिएको भौतिक संरचनामा पठनपाठन सुरु गर्न विद्यालय सारिएको हो ।
पठनपाठन सुरु गर्ने नवनिर्भित भवनलाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीद्धारा शुभारम्भ गरिएको हो । कक्षा ४ देखि १२ कक्षासम्म अध्यापन गराउने उद्देश्यले संचालन गरिएको भवनमा जिल्लाका पर्यटकियस्थलहरुको नामबाट कक्षा सेक्सनको नाम राखिएको छ ।
भारम्भ कार्यक्रममा आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भएर उतकृष्ट प्रर्दशन गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा छनोट भएका खेलाडीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, संचालक सदस्य एवम् बेनी नगरपालिका मेयर हरिकुृमार श्रेष्ठद्धारा सम्मान गरिएको थियो । विभिन्न विद्यामा सहभागि भएर उतकृष्ट प्रदर्शन गर्दै राष्ट्रियस्तरका खेलमा प्रदेशबाट छनोट भएका खेलाडीलाई सम्मान गरिएको हो ।
तेकवान्डोको ६७ केजीतर्फ ममता गर्वुजा, कवड्डीतर्फ पुर्णकुमारी किसान र लक्ष्मी किसान, बास्केटबलतर्फ गणेशबहादुर पुन, भलिबलमा जमानसिङ परियार साथै उसुमा अनिश अर्मजा छनोट भएका छन् ।विद्यालय संचालक समितिका कार्यबाहक अध्यक्ष प्रमोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्तममा संचालक सदस्य किरण सापकोटाले विद्यालय महारानीथान सर्नुको उद्देश्य र योजनाबारे उपस्थित अभिभावक र विद्यार्थीहरु समक्ष प्रकाश पारेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख केसी, मेयर श्रेष्ठ, वडा ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, अभिभावक, शिक्षक लगायतले शुभकामना मन्तव्य राखेका थिए । भने विद्यार्थीहरुले सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए । प्रिन्सिपल त्रिदेव उपाध्यय र विद्यार्थी आयुषा सुवेदीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन भाईस प्रिन्सिपल अमृत सापकोटाले गरेका थिए । नवनिर्मित भवनको शुभारम्भ पुर्व विद्यालयले विद्यार्थी, अविभावक र बाजागाजा सहित बजार परिक्रमा गरेर माहारानीथानमा नवनिर्मित भवनमा पुगेको थियो ।

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l