म्याग्दीको पर्यटनमा यस्तो योजना प्रस्तुत गरेका थिए पर्यटनमन्त्री अधिकारीले (भिडियो सहित)

  • १५ फाल्गुन २०७५, बुधबार
  • 1822 पटक पढिएको

म्याग्दी, १५ फागुन । ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको छ । गत बैशाखमा म्याग्दी भ्रमण बर्ष २०७५ लाई औपचारिक उद्घाटन गर्न बेनी आएका अधिकारीले म्याग्दीको पर्यटनमा आसालाग्दो योजना प्रस्तुत गरेका थिए । उनले म्याग्दी पदमार्गहरुको राजधानी रहेको बताउँदै संघिय सरकार मार्फत हुन सक्ने योजनाहरुको मार्गचित्र प्रस्तुत गरेका थिए । हेरौँ उनले म्याग्दीको पर्यटनमा बोलेका महत्वपूर्ण भनाईहरु ।

ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा दुर्घटनामा परेको हेलीकप्टरमा पर्यटनमन्त्री अधिकारी सहित यति एयरलाइन्सका अध्यक्ष अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव अर्जुन दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसास शेरचन र अर्का एकजना सवार थिए ।