पदमार्ग सरसफाई

  • ७ फाल्गुन २०७५, मंगलवार
  • 1545 पटक पढिएको

सन्तोष गौतम
बेनी ७ फागुन । म्याग्दीमा सोमबारदेखि ६९ औ प्रजातन्त्र दिवस मनाउन सुरु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको संयोजकत्वमा गठन भएको मूल समारोह समितिको आयोजनामा दिवस मनाउन सुरु भएको हो । दिवसको पहिलो दिन बेनी नगरपालिकाको संयोजनमा बेनीको हाँडेभिर देखि खबरामा रहेको लभ्लिहिल पदमार्ग सरसफाई गरेका छन् ।


जनप्रतिनिधि, सरकारी अधिकारी, सुरक्षाकर्मीहरुले पदमार्गमा फालिएका फोहोर संकलन र व्यवस्थापन गरेका थिए । सरसफाईमा प्रहरी, नेपाल प्रहरी र शसस्त्र प्रहरी समेत परिचालन भएका थिए । मंगलबार प्रभातफेरी र समारोहको आयोजना गरेर दिवस मनाउने कार्यक्रम तय भएको छ ।