विप्लब निकट विद्यार्थी र युवा संगठनद्धारा एनसेललाई कारबाहीको माग गर्दै प्रदर्शन

  • २१ माघ २०७५, सोमबार
  • 2791 पटक पढिएको

म्याग्दी, २१ माघ । बिप्लब निकट विद्यार्थी र युवा संगठनले बेनीमा एनसेलाई कारबाही गर्न माग गर्दै पदर्शन गरेका छन् । राज्यलाइ कर छली गरेको भन्दै युवा संगठन र अनेरास्ववियू (क्रान्तिकारी)ले सोमबार पदर्शन गरेका हुन् ।

बेनी बजारमा एनसेललाई कारबाहीको माग गर्दै बजार परिक्रमा पश्चान आयोजित कोण सभामा बोल्दै अनेरास्ववियू –क्रान्तिकारी) का केन्द्रीय सदस्य भरत रावल, जिल्ला अध्यक्ष विनय खड्का, युवा संगठन म्याग्दीका संयोजक किरण पुनले राज्यलाइ कर छली गरेको एनसेललाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

उनीहरुले सरकारले कृषकहरुलाई कर दर बढाएर सकस बनाउने र अरबौँ कर छली गरेको एनसेललाई कर मिनाह गर्ने चलखेल गरेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए ।