दलित सचेतना प्रशिक्षण
- १८ माघ २०७५, शुक्रबार
- 2381 पटक पढिएको
बेनी १८ माघ । संयुक्त राजनितीक दलित संघर्ष समिति म्याग्दीको आयोजनामा रघुगंगा गाउँपालिका र वडा न. ३ पिप्लेको सहयोगमा शुक्रबारदेखि दलित जनप्रतिनिधी तथा दलित अगुवाहरुलाई दुई दिने दलित सचेतना सम्बन्धि प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
नन्दबहादुर विकको अध्यक्षता, बलबहादुर विश्वकर्माको सञ्चालन र छवी विकको स्वागत मन्तब्यमा भएको कार्यक्रमको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा टेकबहादुर बिक, छवि बिक, बलबहादुर बिक र याम किसानले दलित अधिकार, जनप्रतिनिधिको भूमिका, दलित आन्दोलन र इतिहाँसको विषयमा सहजिकरण गर्नुहुने जनाइएको छ ।