पर्यटकीय रुइसेमा १२ बर्षपछिको हिमपातमा पर्यटकहरुको चहलपहल (फोटो कथा)

  • १३ माघ २०७५, आईतवार
  • कमल खत्री
  • 3027 पटक पढिएको

म्याग्दी, १३ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुइसे क्षेत्रमा हिउँमा खेल्नको लागि पर्यटकहरुको चहलपहल बढेको छ । शनिवार विगत १२ बर्ष यताकै भारी हिमपात भएपछि यस क्षेत्रमा हिउँमा खेल्नको लागि पिप्ले, भगवती, बेग,मौवाफाँट, कलजाबाङ संगै सदरमुकाम बेनीबाट समेत पर्यटकहरु पुगेका हुन् ।

नेपाल सरकारको नयाँ पर्यटकीय गन्तव्यको सुचिमा समावेश भएको यस क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण भैरहेको सन्दर्भमा हिउँ खेल्नको लागि आन्तरिक पर्यटकहरु बढेसंगै रुईसे क्षेत्रको प्रचार प्रसारमा सघाउ पुगेको रघुगंगा गाउँपालिका– २ भगवतीका वडा अध्यक्ष रिम कटुवालले बताउनुभयो । रुइसे धोलागिरि आईसफल पदमार्गको प्रमुख र पहिलो पर्यटकीय गन्तव्य हो ।

नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भैरहेको रुईसेमा पुगेका पर्यटकहरु हिउँसंग रमाएर फर्कने गरेको सिजलगाउँका युवा रामजी भण्डारीले बताउनुभयो । १२ बर्षको अन्तरालमा परको भारी हिमपातले आन्तरिक पर्यटन प्रवद्र्धन गराएको उहाँले बताउनुभयो ।

तस्बिरः रामजी भण्डारी

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l