सिद्धार्थ मावि च्युरीबोटका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
- १३ माघ २०७५, आईतवार
- 1386 पटक पढिएको
म्याग्दी, १३ माघ । नेपालकी चर्चित फेसन डिजाइनर योगिता पुन मगर (पुष्पा)ले म्याग्दीको दुर्गम भेगमा रहेको सिद्धार्थ माविका विद्यार्थीलाई शैक्षिक सामाग्रि सहयोग गर्नुभएको छ ।
काठमाण्डौं रहेको केडिए फेसन सपकी प्रबन्ध निर्देशक पुन मगर पुष्पाले मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको सिद्धार्थ माविका दुई बिद्यार्थीलाई नगद १५ हजार बराबरको शैक्षिक सामाग्रि सहयोग गर्नुभएको हो । सामाजिक अभियान्ता बल बहादु पुन मगरको ५९ औं जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा सो सहयोग विद्यार्थीलाई हस्तान्त्रण गरिएको हो ।
शैक्षिक सामाग्रि चन्दादाताकी बुबा समाजसेवी बल बहादुर पुन मगरले कार्यक्रमका प्रमुख अतिथि नरबहादुर पुन मगर मार्फत विद्यार्थीलाई बितरण गर्नुभएको हो ।
अघिल्लो बर्ष पनि सहयोग गर्नुभएकी पुष्पाले यस बर्ष पनि बिद्याथीहरुलाई कपी कलम तथा अन्य विभिन्न सामाग्रि सहयोगलाई निरन्तरता दिनुभयो । ग्रामिण भेगमा रहेको गरिब विपन्न तथा जेहेन्दार बिद्यार्थीको आर्थिक क्षेत्रमा सहयोग गरि उनिहरुको शैक्षिक अध्ययनलाई सहज बनाउने उद्धेश्यले शैक्षिक सामाग्री सहयोग गरिएको सहयोगदाता पुष्पाले बताउनुभयो ।