म्याग्दीमा भेटिएको किङ्ग कोब्रा सर्प संरक्षणको लागि पहल
- १३ माघ २०७५, आईतवार
- सन्दिप खत्री
- 2543 पटक पढिएको
म्याग्दी, १३ माघ । म्याग्दीको बेनी नगरपालिका वडा नं ९ घतानको कोसेपानीको जंगलमा भेटिएको दुर्लभ ‘किङ्ग कोब्रा’ अर्थात् राज नागलाई संरक्षणको लागि पहल थालिएको छ । किङ कोब्रा देखिएपछि त्यस ठाउँमा हेर्न जानेहरुको सख्ंया बढेको र वासस्थान नजीकै आगो लगाएर भगाउन खोज्ने लगायतका गतिविधि बढेपछि डिभिजन वन कार्यालयले सर्प विशेषज्ञलाई नै ल्याएर स्थानीयबासीलाई सर्प संरक्षण सम्बन्धि जनचेतनामुलक बृहत अन्र्तक्रिया गरेको हो ।
राष्ट्रिय माबी घतानका विद्यार्थी, शिक्षक, जनप्रतिनिधि रु स्थानीयबासीलाई सर्प विशेषज्ञ तथा सर्प संरक्षण समाज नेपालका का अध्यक्ष महेन्द्र कटिला, डिभिजन वन कार्यालयका सहायक बन अधिकृत विमला लम्साल , डिभिजनल बन अधिकृत हरिसचन्द्र सापकोटाले किङ्ग कोब्रा सर्पको महत्व र संरक्षणको लागी गर्नुपर्ने कार्यहरुको बारेमा जानकारी गराउनुभएको थियो । ।
राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ले किङ्ग कोब्रा सर्पलाई संरक्षण गर्नुपर्ने सुचिमा राखेको छ । किङ्ग कोब्राले मानिसलाई आक्रमण गर्ने सम्भावना न्युन हुने र संरक्षित सुचिमा रहेकाले यसलाई स्थानीय स्तरमै संरक्षण गर्न सर्प विशेषज्ञ कटिलाले आग्रह गर्नुभएको थियो । वातावरणलाई स्वच्छ राख्नको लागि सर्पको महत्वपूर्ण भुमिका रहन्छ । यो सर्पले आहाराको रुपमा अन्य जातका सर्पहरुलाई नै खाने यसको प्रमुख बिशेषता मानिन्छ ।
संरक्षणको सुचिमा रहेको सर्प भेटिएपछि किङ्ग कोब्रा लगायतका सर्पहरुलाई संरक्षणको लागि स्थानीयबासीलाई जनचेतना अभिबृद्धिको लागि कार्यक्रम गरिएको सहायक बन अधिकृत लम्सालले जानकारी दिनुभयो । ‘‘ सर्पको सम्भाविन आक्रमणबाट मानिस पनि सुरक्षित हुनुप¥र्यो, मानविय गतिविधिले सर्वको वासस्थानलाई पनि असर हुन भएन, त्यसको लागि सर्पको महत्व, जोखिमबारे जनचेतना अभिबृद्धि गरेका हौँ’’– लम्सालले भन्नुभयो ।
विगत ५ वर्षदेखि पंक्षी तथा जंगली प्राणीहरुको खोज अनुसन्धानमा लाग्नुभएका त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र उत्र्तीण) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रध्यापक केशव चोखालले कोसेपानीको जंगलमा दुर्लभ ‘किङ्ग कोब्रा’ अर्थात् राज नाग फेला पार्नु भएको थियो । किङ कोब्रा फेला परेपछि यस क्षेत्रमा हेर्न जानेहरुको संख्या बढेको थियो । नेपालका लागि अत्यन्त दुर्लभ मानिएको सो सर्प पछिल्लो समय नेपालको मध्य पहाडी क्षेत्रहरुमा फाट्टफुट्ट देखिन थालेको सर्प विशेसज्ञहरु बताउँछन् ।
कार्यक्रममा वडा अध्यक्ष बेलबहादुर चोखालले सर्पलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो भने स्थानिय प्रहरी प्रतिनिधिले सर्पलाइ असरपार्ने गतिविधि सन्चालन गरेमा कडा कानुनी कारबाही गरिने कुरा बताउनु भयो । राष्ट्रिय माबिका बिज्ञान शिक्षक रामचन्द्र पौडेलले संरक्षित सुचिमा रहेको किङ कोब्रा संरक्षण को लागि स्थानीय विद्यार्थी अभिभावक र जनप्रतिनिधिहरुले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिनुभएको थियोे ।
सन्दिप खत्री
म्याग्दी अनलाईन डट् कमका सह-सम्पादक हुन् l