मृगौला पिडितलाई सहयोग

  • १० माघ २०७५, बिहीबार
  • 1269 पटक पढिएको

 

बेनी १० माघ । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङको आरवाङका बान्दिाले मालिका गाउँपालिका ६ दुखुका मृगौला पिडित मिलन रोकाको उपचारका लागि ४५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

आरवाङको प्रगति युवा कल्वको नेतृत्वमा स्थानीयबासीबाट संकलित चालीस हजार २५० र कल्वको चार हजार ७५० रुपैयाँ मिलनका भाई नविनलाई बिहीबार हस्तान्तरण गरिएको हो । कल्वका अध्यक्ष चक्र पुनको अध्यक्षता, उपाध्यक्ष कुमार जुक्जालीको मन्तब्य र वडा अध्यक्ष लोक पुन, जनविकास आधारभुत विद्यालयका प्रअ तिलक गर्बुजा, आमा समूह, युवा कल्व, विद्यार्थीहरुको उपस्थितीमा सहयोग हस्तान्तरण गरिएको थियो ।