शिवानी मोवाइल पसलमा दूईलाख बराबरको सामान चोरी
- ९ माघ २०७५, बुधबार
- 2829 पटक पढिएको
बेनी, ९ माघ । बेनी नगरपालिका स्थित कालीपुल बसपार्कमा रहेको शिवानी मोवाईल तथा इलेक्ट्रोनिक्स पसलमा दुई लाख बराबरको नगदसहित सामान चोरी भएको छ । शनिबार रातको समयमा गेड र पसल ढोकाको चापी तोडेर मोवाईल र नगदसहित अन्य सामानहरु चोरी गरेको बताए ।
पसलबाट ८ वटा मोवाईलसहित नगद चोरी भएको सुवेदीले बताए । घटनाको जानकारी पछि प्रहरी कार्यालयले तोडफोड गर्ने ब्यक्ति पत्ता लगाउन खोजतलास गरिरहेको छ । पछिल्लो समय सदरमुकाम बेनीमा संचालित विभिन्न पसल तथा घरमा चोरीका घटनाहरु बढ्दै गएको छ ।