यसरी थुनिएको थियो छौरोमा कालिगण्डकी !
- ९ माघ २०७५, बुधबार
- 3380 पटक पढिएको
बेनी, ९ माघ । मुस्ताङको घरापजोङ गाउपालिका १ छौरोमा सुख्खा पहिरो खस्दा गयरातीदेखि कालिगण्डकी नदीको बहाब केही रोकिएको थियो । हिमपातको कारण भुकम्पले चर्किएको जमिन रुख सहित कालिगण्डकी नदीमा खस्दा नदीको नियमित बहाब प्रभावित भएको थियो । तर अहिले थुनिएको पानी बग्न थालेसंगै कालिगण्डकी नदीको बहाब पुरानै स्वरुपमा बग्न थालेको छ ।
दुई वटा रुख कालिगण्डकी नदीमा तेस्रिएको र सुख्खा पहिरोले कालिगण्डकी नदीको पानी केही रोकिएको थियो । तर आज विहान शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले नदी थुनेको रुख काटेर थुनिएको पानीलाई बग्न सुचारु गराएका थिए रुखलाई काटेर हटाएसंगै नदी पुरानै स्वरुपमा बग्न थालेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विशेश्वर रेग्मीले जानकारी दिनुभयो ।
स्काभेटर प्रयोग गरि कालिगण्डकी नदीमा थुप्रिएको सुख्खा पहिरो हटाउने काम समेत भैरहेको छ । नदी पुरानै स्वरुपमा बग्न थालेकाले तटिए क्षेत्रमा सम्भावित जोखिम समेत नरहेको सुरक्षा निकायले जनाएको छ । तस्बिरः तोप विक