मुस्ताङमा थुनिएको कालीगण्डकी पुरानै स्वरुपमा बग्न थाल्यो
- ९ माघ २०७५, बुधबार
- 2694 पटक पढिएको
बेनी, ९ माघ । मुस्ताङको घरापजोङ गाउँपालिका १ मा कृषि सामाग्री संस्थान नजीकै सुख्खा पहिरोले थुनिएको कालिगण्डकी नदी पुरानै स्वरुपमा बग्न थालेको छ । गयराती हिमपातको कारण भुकम्पले चर्किएको जमिन रुख सहित कालिगण्डकी नदीमा खस्दा नदीको नियमित बहाब प्रभावित भएको थियो ।
दुई वटा रुख कालिगण्डकी नदीमा तेस्रिएको र सुख्खा पहिरोले कालिगण्डकी नदीको पानी केही रोकिएको भएपनि रुखलाई काटेर हटाएसंगै नदी पुरानै स्वरुपमा बग्न थालेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विशेश्वर रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार, अहिले स्काभेटर प्रयोग गरि कालिगण्डकी नदीमा थुप्रिएको सुख्खा पहिरो हटाउने काम समेत भैरहेको छ ।
आज विहान शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले नदी थुनेको रुख काटेर थुनिएको पानीलाई बग्न सुचारु गराएका थिए । सानो पहिरोले नदीको बहामा सामान्य बदली मात्रै आएको हुँदा तटिए क्षेत्रमा ठुलो जोखिम नरहेको म्याग्दीका प्रमुख जिल्ल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो । फाइल तस्विर गुगाेल