अध्यक्ष रोकाद्धारा तीन बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण
- ६ माघ २०७५, आईतवार
- 2192 पटक पढिएको
सिजन रोका
बाबियाचौर ६ माघ । मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले विपन्न समुदायका एकै परिवारका तीन जना बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गर्नुभएको छ ।
मंगला गाउँपालिका २ हिदीका रामबहादुर किसानका छोराहरु बेलबहादुर कर्ण र छोरी रेखा किसानको अभिभावकत्व ग्रहण गर्दै कक्षा १० सम्म पढाउने घोषणा गर्नुभएको हो ।
बेलबहादुर, कर्ण र रेखा सिद्ध शान्ति माविको कक्षा ९, ८ र ७ मा अध्ययनरत रहेका प्रअ छकबहादुर पुनले बताउनुभयो । अध्यक्ष रोकाले छ हजार रुपैयाँ बराबरको स्टेशनरी, एक हजार रुपैयाँ बराबरको पोशाक र मासिक रासनपानीका लागि दुई हजार रुपैयाँका दरले उपलब्ध गराउने बताउनुभएको छ ।