ज्योती आधारभुतमा चेतनामुलक कार्यक्रम

  • ६ माघ २०७५, आईतवार
  • 1209 पटक पढिएको

उदयबहादुर दर्जी
डडुवा ६ माघ । बेनी नगरपालिका ५ डडुवामा रहेको ज्योती आधारभुत विद्यालयमा आइतबार बालमनोविज्ञान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । ज्योती युवा क्लवको आयोजनामा भएको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक र युवा युवतीहरुलाई बेनीको माउन्ट एभरेष्ट आवासीय मावीका राजु केसीले बालमनोविज्ञान सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।

ज्योती युवा कल्वका अध्यक्ष दिनेश कार्कीको अध्यक्षता, कल्वका सहसचिव उदयबहादुर दर्जीको स्वागत र सदस्य जगत भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा सदस्य तोपबहादुर कार्की, शिक्षक अभिभावक संघका अध्यक्ष यामलाल दर्जी, प्रअ मिनबहादुर खत्री र व्यवस्थापन समितिका सल्लाहकार भोजबहादुर कार्कीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।