न्यायिक समितिका पदाधीकारीहरुसँग अन्तरक्रिया
- २४ पुष २०७५, मंगलवार
- धिरन खत्री
- 1552 पटक पढिएको
बेनी २४ पुष । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा मंगलबार बेनीमा स्थानीय सरकार सञ्चालनको क्रममा देखिएका समस्या र न्यायिक समितिको क्षेत्राधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।म्याग्दीका ६ वटा स्थानीय तहका प्रमुख, उप्रमुख र न्यायीक समितिका पदाधीकारीको सहभागितामा जिल्ला समन्वय समितिको कार्यालयमा भएको छलफलमा सहभागि स्थानीय तहका जनप्रतिनिधिहरुले आवश्यक कानुन छिटो बनाउन र क्षेत्राधिकारको बारेमा स्पष्ट बनाउन प्रदेश सरकारलाई आग्रह गरेका थिए ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव धर्मराज कुईकेलले न्यायिक समितिको क्षेत्रअधिकार, कानुनी ब्यवस्था, कर्तव्य र पालना गर्नुपर्ने आचारंसहिताबारे जानकारी गराएका थिए । न्यायिक समितिले स्थानीय सरकार संचालन सम्वन्धी बनेको कानुनबारे जानकारी लिएर न्यायीक समितिको पुर्ण उपस्थितमा कागजीप्रक्रियामा रहेर न्याय दिलाउन सुझाव दिएका थिए ।उपसचिव दिल्लीराम सिग्देलले स्थानीय सरकार संचालनमा प्रदेश सरकारको भूमिकाबारे जानकारी गराएका थिए । स्थानीय तहको २ बर्ष वितिसकेको बताउदै प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा विकासका गतिविधि र भुमिकाबारे छलफल भएको थियो ।
कार्यक्रममा जिसस प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका र मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत अर्जुनप्रसाद पौडेल लगायतले आफ्नो बिचार व्यक्त गरेका थिए ।
![](https://myagdionline.com/wp-content/themes/myagdi/assets/images/dhiren.jpg)
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l