मल्कबाङ्गमा सनलाईट युवा क्लवको खेलमैदान उद्घाटन

  • २४ पुष २०७५, मंगलवार
  • 2004 पटक पढिएको

म्याग्दी, २४ पुस । धौलागिरी गाउँपालिका– ५ मल्कबाङ्ग स्थित सनलाईट युवा क्लवको खेलमैदान उद्घाटन गरिएको छ । धान्यपुर्णिमा पर्वमा परम्परागत रुपमा लाग्दै आएको दरखोला मेलाको अवसरमा खेलमैदानको उद्घाटन गरिएको हो ।

वडा र स्थानीय समाजसेवीको सक्रियतामा निर्माण गरिएको खेलमैदानको उद्घाटन नेपाली कांग्रेस म्याग्दीका सभापति खमविर गर्वुजाले गरेका थिए ।

सभापति गर्वुजासहति पुर्वसांसद रेशम बानियाँ र मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, जिल्ला सदस्य विमला गौचन, मनकुमारी विक, वडा अध्यक्ष खर्क कुमारी छन्त्याल र म्याग्दी अनलाइनका संयोजक देवान छन्त्याल लगायतको उपस्थितमा खेलमैदानको उद्घाटन गरिएको थियो ।

३ लाखभन्दा बढी लागतमा निर्माण गरिएको ब्यवस्थित खेलकुद मैदानले मल्कबाङ्गबासीका युवाहरुलाई खेल अभ्यासमा सहयोग पुग्ने देखिन्छ । उद्घाटन कार्यक्रमको अवसरमा गर्वुजाले क्लवलाई १ लाख रुपैयाँ सहयोग गरेका थिए । १५ गतेदेखि सुरुभएको मेलामा हाँस्यकलाकार तथा गायक रवि कार्की, मिलन विश्वकर्मा र शक्ति छिनाल लगायत स्थानीय कलाकारले मनोरञ्जन दिएका थिए ।

देश तथा विदेशमा रहेका मल्कबाङ्गबासीहरुको समेत आर्थिक सहयोग रहेको दरखोला मेला क्लवका अध्यक्ष डबहादुर छन्त्यालको अध्यक्षता, सचिव दिनेश छन्त्यालको संचालनमा भएको कार्यक्रममा समाजसेवी अमर छन्त्यालले शुभकामना मन्तव्य राखेका थिए । १५ देखि सुरु भएको मेलामा क्लवले भलिवल, बास्केटवल, छेलो लगायतको प्रतियोगिता संचालन गरिरहेको छ ।