वायुसेवा निगमका महाप्रवन्धक कंसाकारलाई कालोमोसो
- २० पुष २०७५, शुक्रबार
- 1700 पटक पढिएको

म्याग्दी, २० पुष । वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारलाई मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले कालोमोसो दलेको छ।
वाइड बडी प्रकरणमा राज्यको ढुकुटी लुटेको भन्दै आफूहरुले कालोमोसो दलेको क्रान्तिकारी युवा लिगका ३ नं. प्रदेश संयोजक केशव ढलकुटीले जानकारी दिए। पार्टीको केन्द्रीय नीति अनुरुप स्थानीयस्तरमा भ्रष्टाचारीलाई कारवाही गर्ने कार्यक्रम अनुरुप कंशाकारलाई कालोमोसो दलिएको उनले जानकारी दिए।