भाडा समायोजनको माग

  • २० पुष २०७५, शुक्रबार
  • 1645 पटक पढिएको

बेनी २० पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले सार्वजनिक भाडादर समायोजनको माग गरेको छ ।जिल्ला प्रशासन कार्यालय म्याग्दीमा पुगेका अनेरास्ववीयु र अनेरास्ववीयु क्रान्तिकारीले सदरमुकाम बेनी देखि लामो तथा छोटो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर समायोजनको माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

अनेरास्ववीयुका सुवास विश्वकर्मा र अनेरास्वीयु क्रान्तिकारीका गणेश सुवेदीको टोलीले प्रजिअ लीलाधर अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । इन्धनको मूल्य घटेपनि सार्वजनिक यातायातको भाडादर समायोजन नहुँदा यात्रु तथा सर्वसाधारण मर्कामा परेको उनिहरुको भनाई छ ।

उनिहरुले सार्वजनिक यातायातमा विद्यार्थीका लागि छुटको सुबिधा कार्यान्वयनको पनि माग गरेका छन् । प्रजिअ अधिकारीले भाडा समायोजनका लागि आइतबार यातायात व्यवसायी र सरोकारवालाहरुको बैठक बोलाइएको जानकारी दिए ।