म्याग्दी क्याम्पसको २८ औँ बार्षिकोत्सव

  • २० पुष २०७५, शुक्रबार
  • 1445 पटक पढिएको

बेनी १८ पुष । म्याग्दी बहुमुखी क्याम्पसको २८ औ वार्षिकोत्सवको अवसरमा बुधबार बेनीमा विविधि कार्यक्रम गरि मनाईएको छ । आयोजित कार्यक्रमलाई उद्घाट्न गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले राष्ट्र निर्माण र देश विकासका लागि योग्य, दक्ष र सिपयुक्त जनशक्ति उत्पादन गर्न शिक्षा नीति परिमार्जन गर्न लागिएको बताए ।


‘विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने योग्य, दक्ष र सक्षम जनशक्ति तयार पार्न राज्यले शिक्षा नीतिमा परिवर्तन गर्न लागेको बताउदै शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक प्रध्यापकहरुले पनि सूचना प्रबिधिको प्रयोग र अध्ययनमा ध्यान दिन आग्रह गरेका थिए ।


प्रतिनिधिसभा सदस्य भुपेन्द्रथापा र गण्डकी प्रदेशका सांसद बिनोद केसीले संघीय र प्रदेश सरकारले विद्यमान शैक्षिक समस्या समाधानका लागि आवश्यक ऐन, नियम परिमार्जन गर्न लागिएको बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, राजनितिक दलहरुको तर्फबाट नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, सहायक प्रजिअ लीलादेवी अर्याल, क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष डाक्टर भुपेन्द्र खड्का, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, बेनपा ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, अभिभावक संघका अध्यक्ष रामप्रसाद सुवेदी, प्रध्यापक संघका अध्यक्ष भोलानाथ घिमीरे र कार्यवाहक स्ववीयु सभापति ईश्वर सुवेदीले शुभकामना मन्तब्य व्यक्त राखेका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षता, उपाध्यक्ष सोमनाथ ढुङ्गानाको स्वागत मन्तब्य र क्याम्पस प्रमुख टिकाराम सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा गायीका धनकुमारी थापाले दिवंगत छोरी संगिता बानिया राम्जालीको स्मृतीमा ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्दै छात्रवृति हस्तान्तरण गरेकी थिईन ।
दलबहादुर खत्री स्मृति अक्षयकोषबाट उत्कृष्ट छात्र छात्राहरुलाई पुरस्कार वितरण गरिएको थियो । वार्षिकोत्सवको अवसरमा क्याम्पसको स्ववीयुद्धारा आयोजित प्रदेश स्तरीय भलिबल प्रतियोगितामा विजेता र उपविजेतालाई पुरस्कार वितरण गरिएको थियो । भने सास्कृतिक प्रस्तुती पनि गरिएको थियो ।