मौवाफाँटमा आधारभुत पत्रकारिता तालिम सुरु

  • १९ पुष २०७५, बिहीबार
  • 1621 पटक पढिएको

 


मौवाफाँट १९ पुष । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि आधारभुत पत्रकारिता तालिम सुरु भएको छ ।गाउँपालिकाको आर्थिक, पत्रकार महासंघ म्याग्दी शाखाको प्राबिधिक सहयोग र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा दुई दिन सञ्चालन हुने तालीममा ८ वटा वडाका २८ जनाको सहभागिता रहेको छ ।

वडा र बस्ती स्तरमा हुने गतिबिधि, समस्या र सम्भावनाको उजागर गरि पत्रकारिताको माध्यमबाट विकास, सुशासन र पारदर्शीता कायममा सघाउने उद्देश्यले आयोजित तालिमको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले उद्घाटन गरेका हुन् ।अध्यक्ष भण्डारीले स्थानीय तहको गतिबिधि, सेवा प्रवास, विकास, सुशासन र विकृति न्युनीकरणका लागि पत्रकारिता मार्फत सहयोगको अपेक्षा गरेको बताएका थिए । उपाध्यक्ष कमला तिलिजाले स्थानीय तहको गतिबिधि, नीति तथा कार्यक्रम र सेवा प्रवाहलाई जनतासम्म पु¥याउन सञ्चार माध्यमको सक्रिय भुमिका र सहभागिता आवश्यक रहेको बताएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले राज्यको निगरानी, सुशासन, जनताको अधिकार र सूचना पाउने अधिकारको सुनिश्चितताका लागि सेवा प्रवाहलाई सरलीकृत बनाइएको बताउनुभयो ।गाउँ कार्यपालिकाका प्रवत्ता जिवन मल्लले म्याग्दीको विकास, शुसासन र सम्बृद्धीका लागि पत्रकारिता मार्फत भएको योगदान प्रशंसायोग्य भएको बताउदै निरन्तरता, सत्य, तथ्य र व्यवस्थित बनाउन आवश्यक रहेको बताए ।

म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता, सचिव अमित विश्वकर्माको सञ्चालन र उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत मन्तब्यमा सम्पन्न तालिम उद्घाटन कार्यत्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा र प्रदेश सदस्य सन्तोष गौतमले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

तालिमको पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, संस्थापक अध्यक्ष घनश्याम खड्का, प्रदेश सदस्य सन्तोष गौतम, शाखा उपाध्यक्ष ठाकुर आचार्य, सचिव गोरखनाथ सुवेदी, म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्री र सचिव अमित विश्वकर्माले सहजिकरण गर्नुहुने जनाइएको छ ।