स्थानीय तह र समुदायसंगको साझेदारीमा सञ्चालन गरिएका कार्यक्रम प्रभावकारी
- १६ पुष २०७५, सोमबार
- 2633 पटक पढिएको
म्याग्दी, १६ पुस । समुदायमा स्वास्थ्य सेवाको पहुँच सहज रुपमा पु¥्याउने उद्धेश्यले गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायीक बिकास परियोजनाबाट धवलागिरी गाँउपालिका वडा नं. ४ मुदी बगर र वडा नं. ६ मराङ बुलमा गाँउघर क्लीनिक भवन निर्माण गरी समुदायलार्ई हस्तान्तरण गरिएको छ ।
भौगोलिक रुपमा बिकट र स्वास्थ्य संस्थाको पहुँच देखि टाढा रहेको समुदायले नियमित खोप सेवा, गर्भपती जाँच सेवा, सुत्केरी सेवा लगाएत साधारण स्वास्थ्य सेवाको लागि मुदीको बगर बाट ७ घण्टाको पैदल यात्रा गरेर मुदी स्वास्थ्य चौकी र बुलबाट ४ घण्टाको पैदल यात्रा गरेर मराङ स्वास्थ्यचौकीबाट सेवा लिनुपर्ने बाध्यता थियो । यसरी स्वास्थ्य सेवा लिनुपर्दा अधिकांश बालबालिकाको नियमित खोप सेवा प्रभावित हुने, गर्भवती महिलाले नियमित गर्भजाँच गर्न नपाउदा गर्भावस्थामा आउन सक्ने खतराहरु बहन गर्नुपर्ने र समयमै स्वास्थ्य सेवा लिन नपाउने जस्ता समस्याहरु रहेका थिय ।
समुदायले आवश्यकताको महसुश गरी भवनको माग भएपछी मुदी बगरमा राउण्ड धौलागिरी यूवा क्लवको सक्रियतामा आवश्यक जग्गा खरिद गरी परियोजनाको कुल रु ९ लाख २९ हजार , गाँउपालिकोको एक लाख र स्थानिय समुदाय, आमा समुह र यूवा क्लव बाट ४ लाख ७४ हजार १ सय पचास रुपैया गरी कुल रु १५ लाख ३ हजार १ सय र मराङ बुलमा परियोजनाबाट १० लाख ५० हजार ४ सय ८३ रुपैया र स्थानीयको ४ लाख ८८ हजार ८ सय ७१ रुपैया गरी कुल १५ लाख ३९ हजार ३ सय ५४ रुपैयाँको लागतमा शौचालय सहितको भवन निर्माण गरीएको हो ।
भवन निर्माण भएपछी मुदी बगरको स्थानिय बासिन्दा सँगै धौलागिरी पदमार्गमा जाने आन्तरिक र बाह्य पर्यटकहरुलाई सहज रुपमा सेवा पुगेको छ भने बुलबाट बुलको समुदाय, मल्कवाङको मलम्पार र रेलेको समुदायलाई सेवा पुगेको छ ।
समुदायमा स्वास्थ्य सेवा प्रदान गर्नको लागि परियोजना र गाँउपालिकाको सहकार्यमा सञ्चालन गरिएको क्रियाकलापहरु उदाहरणीय भएको बताउदै धौलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले गाँउघर क्लीनिक भवनबाट प्रदान गरिने सेवालाई विस्तार गरी आगामी माघ महिना भित्र गाँउपालिका बाट नियमित रुपमा कर्मचारीको व्यवस्था गरी सामुदायीक स्वास्थ्य ईकाई सञ्चालन गरिने योजना रहेको बताउनुभयो ।
यसैगरी मुदी स्वास्थ्यचौकी र बगर गाँउघर क्लीनिकमा १ लाख रुपैयाको कार्यालय व्यवस्थापनको सामाग्रीहरु र २ लाखको औजार तथा उपकरणहरु सहयोग गरिएको सामुदायीक बिकास परियोजनाको कार्यान्वयन संस्था कदम म्याग्दी का जनस्वास्थ्य सहायक निरमाया मिजारले बताउनुभयो । साथै परियोजनाको कार्यक्षेत्र भित्र रहेका गुर्जा, लुला¨, मुना मुदी र मरा¨मा रहेका सबै स्वास्थ्यचौकी र सामुदायीक स्वास्थ्य ईकाईबाट प्रदान गरिने सेवामा सहजता ल्याउनको लागि आवश्यकताको पहिचान गरी स्वास्थ्य संस्थाको माग र गाँउपालिकाको सिफारिसको आधारमा औजार तथा उपकरणहरु सहयोग गरिएकोछ ।