कर्मचारी समायोजन अध्यादेशको विरुद्धमा स्थानीय तहका कर्मचारीहरु आन्दोलीत

  • २ पुष २०७५, सोमबार
  • 1825 पटक पढिएको

बेनी २ पुष । कर्मचारी समायोजन अध्यादेशले विभेद गरेको भन्दै म्याग्दीका स्थानीय तहका कर्मचारीहरु कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् । निजामती कर्मचारीहरुलाई दिइँदै आएको सेवा, सुविधाबाट आफूहरुलाई बञ्चित गराउने गरी सरकारले अध्यादेश ल्याएकोले देशव्यापी कार्यक्रम अन्तरगत म्याग्दीका स्थानीय तहको कामकाज पनि ठप्प पारिएको स्थानीय निकाय कर्मचारी संघका केन्द्रीय सदस्य राजेन्द्र आचार्यले बताउनुभयो ।

यसअघि साविकका जिविस, महानगर, उपमहानगर, नगरपालिका र गाविसमा कार्यरत स्थानीय निकायका कर्मचारीहरुले अध्यादेश संशोधन गरी आफूहरुलाई पनि निजामती कर्मचारी सरह सेवा र सुविधाको व्यवस्था गर्न सरकारसँग माग गर्दै विरोध प्रर्दशनसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

स्थानीय तहका कर्मचारीहरुले मंगलबार २ घण्टा कालोपट्टी बाँधेर आफ्ना कार्यालयमा कलम बन्द गर्ने बेनी नगरपालिकाकी कर्मचारी देवी केसीले बताउनुभयो । निजामती कर्मचारी र आफूहरुलाई दिने सेवा, सुविधामा नै विभेद भएपछि सो अध्यादेशविरुद्ध आन्दोलनमा जान बाध्य हुनु परेको स्थानीय तहमा कार्यरत कर्मचारीहरुको भनाइ छ ।

संघले साविकको स्थानीय निकायमा कार्यरत श्रणीविहिन कर्मचारीहरुको तह, सेवा र सुविधा तत्काल वृद्धि गर्न पनि सरकारलाई दवाव दिएको छ । सरकारले प्रदेश र स्थानीय तहको कर्मचारी समायोजनको नाममा निजामती कर्मचारीहरुलाई मात्रै प्रोत्साहन गर्ने काम गरेकोमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको आपत्ति