दरवाङमा न्यायिक सम्बाद
- १ पुष २०७५, आईतवार
- 2836 पटक पढिएको
बेनी १ पुष । न्यायिक प्रक्रियामा नागरिकको पहुँच वृद्धीका लागि शनिबार मालिका गाउँपालिकाको केन्द्र दरवाङमा सेवाग्राही र सरोकारवालाहरुबीच न्यायीक सम्बाद कार्यक्रम सम्पन्न भएको छ । मालिका गाउँपालिकाको व्यवस्थापन र म्याग्दी जिल्ला अदालतको आयोजनामा भएको कार्यक्रममा बस्ती स्तरमा रहेका मेलमिलाप केन्द्र, गाउँपालिकाको न्यायिक समिति, प्रहरी, अर्धन्यायिक निकाय र अदालतको क्षेत्राधिकार, काम, कर्तब्य र अधिकारको विषयमा छलफल भएको थियो ।
सरोकारवालाहरुलाई क्षेत्राधिकारको बारेमा स्पष्ट बनाउने र नागरिकको न्यायमा पहुँच बढाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा जिल्ला न्यायाधिश राजकुमार कोइरालाले न्यायीक प्रक्रियामा अदालतको भुमिका र प्रक्रियाको बारेमा सहजिकरण गर्नुभएको थियो ।
नेपाल बार एशोसीयसन म्याग्दी जिल्ला अदालत इकाईका सागरजिवी उपाध्यायले न्यायिक समिति, अदालत, प्रहरी र अर्धन्यायीक निकायको क्षेत्राधिकारको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा मन्तब्य व्यक्त गर्दै गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु र दरवाङका वडा अध्यक्ष सन्तोष सुवेदीले सरोकारवाला निकायबीच क्षेत्राधिकारको बारेमा स्पष्ट बनाउन तथा नागरिकलाई न्यायिक प्रक्रियाको बारेमा बुझाउन आवश्यक रहेको बताउनुभयो ।
न्यायाधिश कोइरालाको अध्यक्षता, मुक्ति ढुङ्गानाको सञ्चालन र श्रेष्तेदार गोकुल बुर्लाकोटीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका लगायतका जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय अगुवा, शिक्षक, विद्यार्थी र सर्वसाधारणको उपस्थिती रहेको थियो ।